scheduleआइतवार जेष्ठ ११ गते, २०७७

नाकाबाट भारतीय ट्रक भित्रिन थाले, कोरोना सर्ने डर

काँकडभिट्टा, २६ चैत । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् ।

मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् ।

उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर नेपाल आएका हुन् । भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टाइन बसिरहेका छन् ।

Dish_Home

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले मङ्गलवार एकै दिन ११४ वटा मालवाहक गाडी भित्रिएको स्वीकार गरे ।

आयातित ट्रकहरुले सामानको कागजपत्र भन्सारमा नबुझाइसकेको हुँदा के सामान बोकेको र कहाँ लैजाने भन्ने थाहा हुन बाँकी भएको भन्सार प्रमुखको भनाइ छ ।

मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलाले कोरोनाको उच्च जोखिमका बेला भारतीय गाडी भित्रयाउनु चिन्ताजनक विषय भएको बताउँदै यसरी मालसामान र गाडी भित्राउने कार्य रोकिनुपर्ने माग गरे ।

उनले भित्रिसकेका गाडीलाई भन्सारभित्रै लक गरेर राख्न र त्यसका चालक दललाई १४ दिनसम्म क्वारेन्टाइनमा पठाउन माग गरे ।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा आपत्ति व्यक्त गरे ।
उनले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताए । दुई दिन अघि मेचीनगर–१५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीेले बाध्य भएर सुरक्षासहित फर्काएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय