scheduleआइतवार जेष्ठ ११ गते, २०७७

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच फोनवार्ता

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी ओली र ओमानका राजकुमार अर्थात हिज हाइ नेस शैयद फहाद वीन महमुद अल सइदबीच फोनवार्ता भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र ओमनामा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले सइदसँग टेलिफोन मार्फत कुरा गरेका हुन् ।

ओलीले सइदसँग कुराकानी गरेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग कुराकानी गर्ने क्रममा बुधबार हिज हाइनेस सइदसँग कुरा भएको ओलीले सामाजिक संजालमार्फ जानकारी गराएका छन् ।

Dish_Home

नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा बुधबार साँझ ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी एको प्रधानमन्त्री ओलीको भनाई छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय