scheduleआइतवार जेष्ठ ११ गते, २०७७

भायनेटका १ लाख ६० हजार ग्राहकको विवरण ह्याक, साईबर क्राईमको मुद्दा दर्ता

काठमाडौं, २६ चैत । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका एक लाख ६० हजार भन्दा धेरै ग्राहकको विवरण ह्याक भएको छ । ह्याकरले डाटा ह्याक गरी ग्राहकको नाम, इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो।

इन्टरनेट संचालनमा कुनै क्षति नपुर्‍याइए पनि अनधिकृत रुपमा सर्वरमा पसेर ग्राहकका व्यक्तिगत विवरणहरु ह्याक गरी सार्वजनिक गरिएकोले साइवर क्राइम अन्तर्गत अनुसन्धान र कारवाहीको लागि मुद्दा दर्ता गरिएको भायनेटका म्यानेजिङ डाइरेक्टर बिनय बोहोराको भनाई छ ।

Dish_Home

ह्याकरले तथ्याङ्क चोरी गरेर ट्विटर ह्यान्डलमार्फत सार्वजनिक गरेका थिए। डाटा सार्वजनिक गर्दा उनीहरुले नेपालीभाषा प्रयोग गरेका थिए । नेपाली भाषा उल्लेख गरेकाले नेपाली ह्यकरहरुले नै चोरी गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

केही समय अघि खानेकुरा होमडेलिभरी गर्ने कम्पनी ‘फुडमान्डुका ग्राहकको समेत तथ्याङ्क पनि ह्याक भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय