scheduleसोमवार जेष्ठ १२ गते, २०७७

एक मात्र वामपन्थी उम्मेद्वारले अमेरिकी राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिए


एजेन्सी, २७ चैत । अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रेट तर्फबाट उम्मेद्वार सिनेटर बर्नी स्याण्डर्सले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । यससँगै पूर्व उपराष्ट्रपति जोए बिडेनलाई डेमोक्रेट तर्फको उम्मेद्वार बन्न बाटो खुलेको छ ।

७८ वर्षीय सिनेटर स्याण्डर्सले बुधबार आयोजित एक सम्मेलनमा आफ्ना अभियानका सहयोगीहरुसमक्ष उक्त निर्णय सुनाएका हुन् ।

आफूलाई प्रजातान्त्रिक समाजवादी भन्न रुचाउने स्याण्डर्सले आफ्नो चुनावमा हेल्थकेयर र श्रमिक वर्गको मुद्दालाई उठाउँदै आएका थिए ।

Dish_Home

राष्ट्रपतीय चुनावमा अग्रपंक्तिमा रहेका स्याण्डर्स आफ्नै दल डेमोक्रेट दलभित्रको प्राइमेरी चुनावमा भने बिडेनले पछि पारेका थिए । यसअघि २०१६ मा पनि हिराली क्लिन्टनसँगको प्राइमरी चरणमा उनी पराजय भएका थिए ।

यो वर्षको चुनावमा उनी सबैभन्दा ठूला वामपन्थी विचारधारा बोकेका उम्मेद्वार थिए । उनले आफ्नो चुनावी अभियानमा सबैका लागि स्वास्थ सेवा, निशुल्क सार्वजनिक शिक्षालय, धनाढ्यबाट कर बढाउने र न्यूनतम ज्यालालाई बढाउने जस्ता नीतिको वकालत गरेका थिए ।

स्याण्डर्सलाई यो चुनावमा युवा मतदाताहरुको समर्थन थियो । तर दक्षिणी राज्यहरुमा प्राइमेरी चुनावमा अफ्रिकी अमेरिकी मतदाताहरुको मत पाउन उनी असफल भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय