scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोना संक्रमणबाट मुक्ति पाएकी कनिका कपुरलाई अर्को झमेला


एजेन्सी । बलिउडकी सिंगर कनिका कपुर अन्ततः कोरोना भाइरसको संक्रमणबाट बाहिर आएकी छिन् । उनी हालै मात्र सञ्जय गान्धी पीजीआई अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी २० मार्चमा अस्पताल भर्ना भएकी थिइन् ।

कोरोना भाइरसबाट मुक्ति मिले पनि उनको समस्या भने सुल्झिसकेको छैन । उनको कानूनी झमेला भने अझै बाँकी नै छ । कोरोना भाइरसबारे जानकारी लुकाएको आरोपमा उनीमाथि यसअघिदेखि नै प्रहरीमा उजूरी दर्ता भएको छ ।

९ मार्चमा लण्डनबाट फर्किएकी कनिकाले आफू संक्रमित भएको जानकारी इन्स्टाग्राममार्फत दिएकी थिइन् । स्वास्थ्य परीक्षण गराउनुअघि कोरोना भाइरसबारे आफूलाई केही थाहा नभएको उनले बताएकी थिइन् ।

Dish_Home

कोरोना संक्रमणबारे जानकारी लुकाएकोमा सामाजिक सञ्जालमा उनले धेरै आलोचना सहनु परेको थियो । उनले मानिसहरुसँग भेटघाट गर्ने र पार्टी गर्ने गरेको भन्दै उनको आलोचना भएको थियो । तर उनको सम्पर्कमा आएका दुईसय भन्दा धेरै मानिसहरुमा कोरोना नेगेटिभ पाइएको थियो । ती सबै व्यक्तिहरु क्वारेन्टाइनमा बसेका थिए ।

कनिका लखनऊस्थित जुन पार्टीमा पुगेकी थिइन् त्यहाँ धेरै हाईप्रोफाइल मानिसहरु पनि उपस्थित थिए । संक्रमणको खतराका कारण पूरै प्रदेशमा हंगामा मच्चिएको थियो । कनिकाको लापरवाहीको कारण उनीविरुद्ध लखनऊको सीएमओको धारा १८८, २६९ र २७० अन्तर्गत सरोजिनी नगर थानामा उजूरी दर्ता भएको थियो ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि उनले यी कानूनी प्रक्रियाको सामना गर्नु पर्नेछ । प्रहरीको अनुसार उनको १४ दिनको क्वारेन्टाइन सकिएपछि सोधपुछ सुरु हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय