scheduleसोमवार जेष्ठ १२ गते, २०७७

युकेमा कोरोना भाइरस: एकदिनमै ९३८ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, २७ चैत । युकेमा कोरोना भाइरसका कारण ९३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै युकेमा कोरोना भाइरसका कारण हालसम्म ७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ६० हजार नाघेको छ । बुधबारमात्रै झण्डै पाँच हजार ५०० भन्दा बढी संक्रमित फेला परेका छन् ।

युकेमा बुधबार अमेरिकापछि सबैभन्दा बढीको ज्यान गएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन नै कोरोना भाइरसबाट संक्रमित भएपछि उनको आइसियुमा उपचार भइराखेको छ ।

Dish_Home

उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ ।

समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन ।

युकेमा यही अवस्था रहे अर्को संकट आउने अधिकारीहरुले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय