scheduleसोमवार जेष्ठ १२ गते, २०७७

स्पेनमा कोरोना भाइरस, कति पुग्यो मृतक र संक्रमितको संख्या ?

काठमाडौँ, २७ चैत । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनुको संख्या झण्डै १४ हजार ७९२ पुगेको छ । बुधबारमात्रै स्पेनमा एक दिनमै ७४७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी पुगेको छ ।

बुधबारमात्रै स्पेनमा ६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । स्पेनमा लकडाउन कडाई गरिएसँगै संक्रमितको संख्यामा कमी आएको बताइएको छ । त्यस्तै ४८ हजारभन्दा बढी संक्रमितहरु उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

Dish_Home

औषधि अभाव भएपछि चीनसँग स्पेनले आग्रह गरेको बताइएको छ । चिकित्सकहरुको मनोबल बढाउन पनि स्पेनले औषधि अभाव हुन नदिन हरसम्भव प्रयास गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय