scheduleसोमवार जेष्ठ १२ गते, २०७७

इटालीमा कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २७ चैत । इटालीमा कोरोना भाइरसका कारण हालसम्म १७ हजार ६६९ जनाको मृत्यु भएको छ । बुधबारमात्रै इटालीमा कोरोना भाइरसका कारण ५४२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या झण्डै १ लाख ३९ हजार पुगेको छ । बुधबारमात्रै इटालीमा झण्डै ४ हजार संक्रमित फेला परेका छन् । इटालीमा झण्डै २६ हजार संक्रमित उपचारभएपछि निको भएर घर फर्किएका छन् ।

इटालीमा विस्तारै कोरोना संक्रमण नियन्त्रण्मा आएको अधिकारीहरुले जनाएका छन् । मृत्युदरमा पनि कमी आएको रिपोर्टमा उल्लेख छ ।

Dish_Home

लामो समयदेखि लकडाउन रहेको इटालीले सहज वातावरण बनाउन प्रयास थालेको छ । यसबारे छिटोभन्दा छिटो निर्णय गर्न तयारी भइरहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय