scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोटिन्हो चेल्सी आउने तयारीमा !

काठमाडौँ, २७ चैत । लिभरपुलबाट बार्सिलोना हानिएका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो बायर्न म्युनिखमा पनि टिक्न नसक्ने अवस्था आएको छ । बार्सिलोनाबाट बायर्नमा लोनमा गएका उनलाई क्लबले अफलोड गर्न चाहेको हो ।

मिडिया रिपोर्ट अनुसार उनलाई बार्सिलोनाले पनि अन्य क्लब पठाउन चाहेको छ । पछिल्लो रिपोर्ट अनुसार चेल्सीले कोटिन्होलाई लोनमा लैजाने तयारी गरेको छ ।

Dish_Home

चेल्सीको मिडफिल्ड क्षेत्र बलियो बनाउन प्रशिक्षक फ्रांक लाम्पार्ड लागि परेका छन् । उनी नयाँ खेलाडीको खोजीमा रहेका छन् । आक्रामक खेलाडी आवश्यक परेका कारण कोटिन्हो फिट हुने समिक्षकहरुको भनाई रहेको छ ।

बार्सिलोनाको खेल्ने शैलीसँग फिट नभएपछि उनलाई बायर्न लोनमा पठाइएको थियो । बायर्नमा पनि उनको खेल खासै सन्तुलित नरहेपछि उनी भविष्य अन्यौलमा परेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय