scheduleसोमवार जेष्ठ १२ गते, २०७७

तलब कटौती गर्न रियल मड्रिडका खेलाडीहरु सहमत

काठमाडौँ, २७ चैत । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । स्पेनमा कोरोना भाइरसका कारण हाल सम्पुर्ण कुरा अस्तव्यस्त रहेको छ । यो महासंकटको समयमा खेलाडीहरुले समेत सदासहेता देखाएका छन् । अधिकांश खेलाडीले आफ्नो तलब कटौती गर्न सहमत भएका छन् भने कतिले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग पनि गरेका छन् । रियल मड्रिडका खेलाडी तथा प्रमुख निर्देशकहरुको पारिश्रमिकमा झण्डै २० प्रतिशत कटौती हुने सहमति भएको छ ।

गएको मार्चदेखि अनिश्चित समयका स्पेनिस लिग स्थगित रहेको छ । खेलाडी लगायत सम्पुर्ण पदाधिकारी र कर्मचारीलाई दिने तलबका कारण क्लबलाई चर्को आर्थिक भार सहनुपर्ने स्थिति रहेको छ । यसअवस्थालाई मध्यनजर गर्दै उनीहरुले आफ्नो तलब कटौती गर्ने प्रस्तावमा सहमति जनाएका हुन् ।

Dish_Home

खेलाडी, प्रशिक्षक तथा कर्मचारीको संयुक्त सहमतिमा पारिश्रमिक कटौति गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय