scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘डोर्टमण्ड मेरो मुटुमा छ’

काठमाडौँ, २७ चैत । बोरुसिया डोर्टमण्डका स्टार खेलाडी हुन् मार्को रिउस । उनले आफ्नो करिअरका महत्वपुर्ण वर्षहरु डोर्टमण्डमा बिताइसकेका छन् । ३० वर्षिय उनलाई ठुला क्लबहरुबाट ठुलै अफर आएका थिए ।

उनलाई बायर्न म्युनिखले समेत अनुबन्ध गर्न चाहेको थियो । उनलाई अनुबन्ध गर्न बायर्नले बारम्बार प्रयास पनि गरेको थियो ।

Dish_Home

तर, उनले डोर्टमण्ड छोड्न चाहेनन् । डोर्टमण्डबाटै खेलिरहेका अन्य कतिपय स्टार खेलाडीहरु बायर्नमा अनुबन्ध भएका थिए । तर, उनले डोर्टमण्डमा नै रहन चाहे ।

उनी सन् २०१२ मा डोर्टमण्डमा अनुबन्ध भएका थिए ।

उनले भनेका छन्, ‘बायर्नप्रति मेरो ठुलो सम्मान रहेको छ । मलाई अनुबन्ध गर्न क्लबले ठुलै प्रयास गरेको थियो । तर, मेरो सपना भनेको डोर्टमण्डका लागिमात्र खेल्नु हो । डोर्टमण्ड मेरो मुटुमा रहेको छ ।’

उनले भनेका छन्, ‘यदी यहाँ खेल्नु पर्यो भने म बोरुसिया डोर्टमण्डका लागिमात्र खेल्नेछु । नत्र अन्य देशको क्लबमा मात्र जानेछु ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय