scheduleआइतवार जेष्ठ ११ गते, २०७७

कोरोना फैलाउने षड्यन्त्र गरेको आरोपमा २२ वर्षीय युवकको पिटेर हत्या

प्रतिकात्मक तस्बिर

नयाँ दिल्ली, २७ चैत । दिल्लीको बवानामा कोरोना भाइरस फैलाउने षड्यन्त्र रहेको भन्दै एक २२ वर्षीय युवकलाई पिटेर हत्या गरिएको छ ।

एउटा हुलले उनीमाथि निर्मम ढंगले पिटेर हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

मारिने युवक बवानामा पर्ने हरेवली गाउँ बस्ने महबुब अली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवा तबलिगी समूहसँग एक कार्यक्रमका लागि मध्य प्रदेशको भोपाल गएका थिए । ४५ दिनपछि उनी तरकारी गाडीमा बसेर दिल्ली फर्किएका थिए ।

Dish_Home

उनलाई आजादपुर तरकारी बजारबाट नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणपछि छाडिएको थियो । प्रहरीका अनुसार जब उनी आफ्नो गाउँ पुगे, उनलाई कोरोना भाइरस फैलाउन आएको आरोप लगाउन थालियो ।

एक वरिष्ठ प्रहरी अधिकारीको हवाला दिँदै भारतीय सञ्चार माध्यमहरुले लेखेको खबरका अनुसार आइतबार उसलाई खेतमा लगेर निर्मम ढंगले एक समूहले पिट्यो । घाइते अवस्थामा अस्पताल पुर्‍याउँदा उनको मृत्यू भइसकेको थियो । अहिले प्रहरीले हत्या आरोपमा तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय