scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अमेरिकामा मृतकको संख्या स्पेनमा भन्दा धेरै, संक्रमित ४ लाख ३५ हजार पुग्यो

एजेन्सी, २७ चैत । कोरोन भाईरस (कोभिड १९) को संक्रमणका कारण अमेरिकामा मृतकको संख्या स्पेनमा भन्दा धेरै भएको छ । अमरिकामा अहिलेसम्म १४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ भने स्पेनमा १४ हजार ७ सय ९२ जनाको ज्यान गएको छ ।
अमेरिकामा अहिलेसम्म ४ लाख ३५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

२२ हजार ८ सय ८ सय ९१ जना निको भएर घर फर्किएका छन् । ३ लाख ९७ हजार ४ सय ४२ जनाको उपचार भैरहेको छ । ९ हजार २ सय ७९ जनाको अवस्था गम्भिर छ ।

यस्तै स्पेनमा अहिलेसम्म १ लाख ४८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४८ हजार जना निको भएर घर फर्किएका छन् । ८५ हजारको उपचार भैरहेको छ । ७ हजारको अवस्था गम्भिर छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय