scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोना फैल्याएको भन्दै दुई डाक्टरमाथि आक्रमण

नयाँदिल्ली, २७ चैत । भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई डाक्टरमाथि आक्रमण भएको छ । कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा उनीहरुमाथि आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

आक्रमणमा पर्ने दुवै सफदरजंग अस्पतालका आवासीय महिला डाक्टर हुन्। उनीहरुमाथि आक्रमण गरेको अभियोगमा ४४ वर्षका १ जना पुरुष पक्राउ परेका छन् ।

Dish_Home

बुधबार राति साढे ९ बजे फलफूल किन्न निस्किएका ती डाक्टरहरुमाथि आक्रमण भएको अस्पतालको रेसिडेन्ट डाक्टस एसोसिएसनका अध्यक्ष मनीषको भनाई छ ।

आफूहरु फलफूल किन्न निस्किएको समयमा एकजना मानिस टाढाबाट कराउँदै आएर तिमीहरुले नै कोरोना भाइरस फैलाएका हौ भनेर हातपात गरेका ती डाक्टरहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय