scheduleआइतवार जेष्ठ १८ गते, २०७७

भारतमा कोरोना भाइरस: कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, २८ चैत । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । विहीबारमात्रै कोरोना भाइरसका कारण ४८ जनाको मृत्यु भएको छ । त्यस्तै ८०९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै मृत्यु हुनेको संख्या २२६ पुगेको छ भने कोरोना भाइरसबाट संक्रमितको संख्या ६ हजार ७ सय नाघेको छ ।

पछिल्लो समय जुन रुपमा संक्रमितको संख्या बढी रहेको छ भारतलाई यो प्रकोपसँग जुध्न निकै कठिन हुने अधिकारीहरुले बताएका छन् ।

Dish_Home

उडिसामा कोरोना भाइरस फैलिएसँगै मुख्यमन्त्री नविन पटनायकले अप्रिल ३० सम्मका लागि लकडाउन लम्बाएका छन् । त्यसतै अन्य राज्यका मुख्यमन्त्री पनि यसबारे निर्णय लिने तयारीमा रहेका छन् ।

भारतका विभिन्न राज्यमा कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि लकडाउनमा थप कडाई गरिन थालिएको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय