scheduleसोमवार आश्विन १२ गते, २०७७

बलिउडबारे नेहा कक्कडले खोलिन् यस्तो राज


एजेन्सी, २९ चैत । बलिउड बाहिरबाट हेर्दा जति सुन्दर र चमकदार देखिन्छ । यसका भित्री पाटो त्यस्तो छैन । विभिन्न अवसरमा बलिउडकै स्टारहरुले पनि यी कुराहरुको पर्दाफास गर्ने गरेका छन् । यसबीच भर्खरै सिंगर नेहा कक्कडले बलिउड इन्डस्ट्रीको एउटा लुकेको पाटोलाई उजागर गरेकी छिन् ।

अहिले नेहा कक्कड आफ्नो भनाईलाई लिएर खुब चर्चामा छिन् । उनले उक्त बयानमा बलिउडसँग जोडिएको एउटा गोप्य कुराको खुलासा गरेकी छिन् । उनले बलिउडमा सिंगरहरुलाई पैसा नदिइने उनीहरुले भिन्दै ठाउँबाट पैसा कमाउनु पर्ने कुराको खुलासा गरेकी छिन् ।

एउटा न्यूज पोर्टल वेबसाइटसँगको अन्तरवार्तामा नेहाले भनेकी छिन्, ’बलिउडले गीतको पैसा दिँदैन । यदि हामीले कुनै सुपर हिट गीत गायौं भने हामी शोबाट पैसा कमाउन सक्छौं भन्ने लाग्छ उनीहरुलाई । म लाइभ कन्सर्टबाट राम्रो कमाई गर्छु तर बलिउडबाट गर्दिनँ ।’

नेहाको यो कुरामा कति सच्चाई छ भन्ने कुरा नेहाको एक्लो भनाईबाट पृष्टि गर्न सकिँदैन । तर बलिउडमा गायकगायिकाहरुले स्टुडियोमा गीत गाएर भन्दा कन्सर्टहरुमा गीत गाएर धेरै कमाउँछन् । बलिउडमा कतिपाय यस्ता गायिकाहरु पनि छन् जसले बलिउडमा भन्दा कन्सर्टमा गाएर आफ्नो पहिचान बनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय