scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोनाबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु

फाइल फोटो

लन्डन, २९ चैत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतको स्वीन्डनमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल रहेका छन् ।

चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।

उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको बताइएको छ ।

Dish_Home

स्याङ्जा जिल्लाको वालिङ घर भएका मल सन् २००४ देखि आफ्ना छोरा बुहारीका साथ बेलायतमा बस्दै आएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय