scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

बैतडी, २९ चैत । क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि र्‍यापिड टेष्ट शुरु भएको छ । टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए ।

क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय