scheduleबुधवार आश्विन ६ गते, २०७८

विवाह रोकिएपछि पोर्नस्टार मिया खलिफाले दिइन् यस्तो भावविह्वल अभिव्यक्ति


एजेन्सी । कोरोना भाइरसको कारणले अहिले संसारभरका मानिसहरुका गतिविधिहरु रोकिएका छन् । यो बेलामा कुनै पनि मंगल कार्य तथा कर्मकाण्डहरु पनि रोकिएका छन् । कोरोना र लकडाउनको यही चपेटामा चर्चित पोर्नस्टार मिया खलिफा पनि परेकी छिन् ।

लकडाउनको कारणले पूर्व अडल्ट स्टार मिया खलिफाको विवाहको तारिख सरेको खबर आएको छ । मिया खलिफा आगामी जूनको १० तारिखमा विवाह बन्धनमा बाँधिने तय भएको थियो । तर यस्तो अवस्थालाई मध्यनजर गर्दै मियाको विवाह स्थगित भएको छ । यसबारे मिया आफैले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् ।

मिया खलिफाले सामाजिक सञ्जालमा सेतो गाउन लगाएको फोटो शेयर गर्दै एकदमै भावविह्वल क्याप्सन लेखेकी छिन् । ‘रोबर्टसँग विवाह हुनुअघि यो संसारको अन्त्य भयो भने मेरो क्लोसेटमा राखेको १२ कपडामध्ये कुनै एउटा लगाइदिएर मलाई जमिनमा गाडिदिनु । यो सबै कपडा मैले विवाहमा लगाउने वाला थिएँ । जुन आगामी जूनमा हुनेवाला थियो ।’

मिया खलिफाले गत मार्चमा आफ्नो प्रेमी रोबर्टसँग विवाह गर्ने घोषणा गरेकी थिइन् । रोबर्टले एक वर्षअघि मियालाई विवाहका लागि प्रस्ताव गरेका थिए । यो मियाको दोस्रो विवाह हो । उनले सन् २०११ मा हाईस्कूलका प्रेमीसँग विवाह गरेकी थिइन् । तर दुबैको विवाह तीन वर्षपछि सम्बन्ध विच्छेद भएर टुट्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय