scheduleशनिवार जेष्ठ १७ गते, २०७७

चाँडै नै लन्च हुँदैछ आईफोन एसई-२, यस्ता छन् फिचर


एजेन्सी, १ वैशाख । एप्पल कम्पनीले आफ्नो आईफोन एसई २ फोन १५ अप्रिलमा लन्च गर्ने भएको छ । यो फोनको लन्चबारे कम्पनीबाट आधिकारिक घोषणा नभएपनि फ्रन्ट पेज टेक नामको युट्युब च्यानलले आईफोन एसई २ को लन्चको डेट सार्वजनिक गरेको हो ।

उक्त च्यानलको अनुसार यो फोनको सेल्स भने २२ अप्रिलदेखि सुरु हुनेछ ।

लिक भएको रिपोर्टको अनुसार यो फोनको सम्भावित मूल्य ३९९ डलर रहेको छ । तर यो फोनको वास्तविक मूल्य यसको फिचर भने लन्चपश्चात मात्र थाहा हुनेछ ।

Dish_Home

मिडिया रिपोर्टको अनुसार यो फोनमा ४.७ इन्चको एलसीडी डिस्प्ले रहेको छ । यो फोनमा कम्पनीले राम्रो पर्फमेन्सका लागि ३ जीबी रेम र ए १३ बायोनिक चिपसेट दिनसक्ने मिडिया रिपोर्टहरुमा उल्लेख छ । यसको डिजाइन र लुक्स भने आईफोन ८ जस्तै छ । यो फोनको ब्याट्री १९६० एमएएचको रहने बताइएको छ । तर यसको क्यामेराबारे जानकारी उपलब्ध छैन ।

यो फोन दुई भेरियन्टमा उपल्बध हुने बताइएको छ । सुरक्षा फिचरको रुपमा यो फोनमा टचआइडी रहने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय