scheduleसोमवार जेष्ठ १२ गते, २०७७

यो नयाँ वर्षमा ट्राइ गर्नुहोस् पनीर खीर, यस्तो छ रेसिपि


एजेन्सी, १ वैशाख । यसपटकको नयाँ वर्ष कोरोना भाइरस र लकडाउनको कारण सबैजना घरभित्र नै बसेर मनाउन बाध्य छन् । नयाँ ठाउँमा घुम्ने र साथीभाइ आफन्तसँग भेटघाट नहुने हुदाँ यो नयाँ वर्ष हर्षोल्लासपूर्ण नहुने देखिन्छ ।

यद्यपी हरेक अवसर र पर्वहरुको आकर्षण खानामा भने तपाईले कमि महसुस गर्नुपर्ने छैन । किनभने तपाई आफ्नै घरमा हुनुहुनेछ र सबै कुरा तपाईकै घरभित्र छ ।

यसपटकको नयाँ वर्षमा तपाई केही नयाँ कुराको स्वाद र रेसिपि प्रयोग गर्नसक्नुहुनेछ । तपाईलाई गुलियो मन पर्छ तर तपाई चामल र सेवेईको खीरबाट दिक्क हुनुभएको छ भने यसबटक पनीरको खीर घरमा ट्राइ गर्नुहोस् ।

Dish_Home

घरमा पनीरको तरकारी र पकौंडा र धेरै पटक खानु भएको होला तर यसपटक पनीरको खीर ट्राइ गर्नुहोस् ।

यो रेसिपिका लागि तपाईलाई आधा लिटर दुध, सय ग्राम पनीर, अलाईची, चिनी, काजु, बदाम र किसमिस चाहिन्छ ।

सबैभन्दा पहिले ग्याँसमा दुध उमाल्नुहोस् । दुध राम्ररी उम्लिएपछि ग्यास सानो बनाएर केही समय थप पकाउनुहोस् । त्यसपछि त्यसमा पनीर राखिदिनुहोस् । अब दुधमा पनीरलाई राम्ररी पकाउनुहोस् । जब दुध गाढा हुन्छ तब यसमा स्वाद अनुसार चिनी लगाउनुहोस् ।

खीर बनाउँदा आधा लिटर दुधमा ५० ग्राम चिनी वा स्वाद अनुसार चिनी मिसाउनुहोस् । त्यसपछि खीरलाई लगातार चलाउनुहोस् । त्यसपछि यसमा थोरै किसमिस र केसर राखिदिनुहोस् । साथै यसमा अलाइची पाउडर पनि मिक्स गरिदिनुहोस् । त्यसपछि तपाईको तातो तोतो पनीर खीर तयार हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय