scheduleसोमवार जेष्ठ १२ गते, २०७७

लकडाउनको नियम तोडेपछि पद नै गुमाए यी स्वास्थ्यमन्त्रीले


एजेन्सी, २ वैशाख । कोरोना रोकथामका लागि विश्वका अधिकांश मुलुकहरुले अहिले लकडाउनको उपाय लागू गरिरहेका छन । यो नियमलाई कडा रुपमा लागू गर्नलाई विभिन्न किसिमका सजायहरुको व्यवस्था पनि गरिएका छन् ।

यसबीच लकडाउनको यही नियमलाई उल्लंघन गर्दा न्यूजील्याण्डका स्वास्थमन्त्रीले ठूलो सजायँको भागिदार बन्नुपर्‍यो । लकडाउनको नियम उल्लंघन गरेपछि देशका स्वास्थ्यमन्त्री डबिड क्लर्कले आफ्नो पद नै गुमाउनु परेको छ । स्वास्थ्यमन्त्री क्लर्कले गल्ती स्वीकार गरेपछि प्रधानमन्त्री जेसिण्डा आर्डेनले उनलाई पदबाट बर्खास्त गर्दै रिक्त पदमा जुनियर तहका अधिकारीलाई मन्त्री बनाएकी छिन् ।

क्लर्कले लकडाउनको समयमा आफू घरभित्र बसेर परिवारसँग समय बिताउनुको सट्टामा बाहिर निस्किएर गल्ती गरेको स्वीकार गरेका छन् । उनले आफ्नो गल्तीप्रति खेद प्रकट गरेका छन् ।

Dish_Home

पदबाट बर्खास्त भएपछि उनले आफूले आफैलाई इडियट शब्द प्रयोग गरेका छन् ।

लकडाउनको समयमा पूर्व स्वास्थ्यमन्त्री डेविड क्लर्क आफ्नो परिवारजनसँग समुद्र किनारमा ड्राइवका लागि निस्किएका थिए । यी विषयमा थाहा पाएपछि प्रधानमन्त्री जेसिण्डा आक्रोशित भएकी थिइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय