scheduleशनिवार जेष्ठ १७ गते, २०७७

एप्पलले यो वर्ष आईफोनलाई रिडिजाइन गर्ने, फ्ल्याट साइड र सानो नोच


एजेन्सी, २ वैशाख । एप्पल कम्पनीले आफ्नो २०२० को लागि प्रोडक्ट रोडम्याप तयार गरेको छ । २०२० को वर्षमा एप्पलले चारओटा आईफोन बजारमा लन्च गर्ने कुराहरु सुन्नमा आएको छ ।

यसबीच एप्पलले आफ्नो आईफोन प्रोको च्यासिसलाई रिडिजाइन गर्ने भएको छ । आईफोन प्रोको पनि आईप्याड प्रोको जस्तै किनारहरु चेप्टो हुनेछ ।

यस्तै यसको स्क्रिनहरु पनि केही कर्भ्ड हुने मिङ चि क्यु एलासिसमा बताइएको छ । तर ब्लुमबर्गले भने स्क्रिन ग्लास पनि चेप्टो हुने दाबी गरेको छ ।

Dish_Home

ब्लुमबर्गको रिपोर्ट अनुसार एप्पलले दुईओटा आईफोन प्रो मोडल सार्वजनिक गर्नेछ जसमा ब्याक सेटअपमा तीनओटा क्यामेरा हुनेछन् जुन आईप्याड प्रोको लिडार थ्री डी स्क्यानिङ सिस्टम जस्तै हुनेछ ।

रिपोर्टको अनुसार ठूलो आइफोन प्रोको स्क्रिन आइफोन ११ प्रो म्याक्सको ६.५ इन्च प्यानलभन्दा ठूलो हुनेछ । यसमा फेस आईडी नोचको साइज घटाउन सकिने बताइएको छ । गत वर्ष प्रो मोडलका स्क्रिन ५.४ देखि ६.७ इन्चको बीचमा थियो ।

साथै ब्लुमबर्गको अनुसार एप्पलले यो वर्ष नै सानो सस्तो होमपोड स्पिकर ल्याउनेसक्ने छ । यो नयाँ होमपोडको डिजाइन भने पुरानो नै जस्तो हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय