scheduleबुधवार आश्विन ६ गते, २०७८

कोरोना संक्रमितसँगै जहाज चढेका दुई जनाको पहिचान, स्वाब परीक्षणका लागि पठाइयो

बर्दिया, ३ वैशाख । कैलालीका कोरोना संक्रमित युवासँगै काठमाण्डौबाट नेपालगञ्जसम्म पुगेका बर्दियाका दुई जनाको पहिचान भएको छ । उनीहरुको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ ।

संक्रमित व्यक्तिसँगै जहाजमा चढेकाहरुको नेपाल प्रहरीले खोजी थालेको थियो । यी दुई सहित बर्दियाबाट कोरोना भाइरस परीक्षणका लागि ६ जनाको स्वाब पठाइएको छ ।

बर्दियाको गुलरिया नगरपालिकाका २ जना, राजापुरका १, ठाकुरबाबाका १, बाँसढीका १, बढैयाताल गाउँपालिकाका १ गरी ६ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय