scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउन कडाई गर्न यो शहरमा भूतले गर्दैछ यसरी सहयोग


एजेन्सी, ४ वैशाख । कोरोना रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने समस्या व्यापक देखिएको छ । नागरिकलाई लकडाउन पालना गराउन विभिन्न मुलुकहरुले विभिन्न किसिमका उपायहरु पनि अपनाइरहेका छन् ।

यसबीच लकडाउनको समयमा जनताहरुलाई घरभित्र सुरक्षित राख्न इन्डोनेशियाको जावा प्रान्तको केपूह गाउँमा एउटा अचम्मको उपाय अप्नाइएको छ । यहाँको प्रशासनलाई यो समस्याको समाधान गर्न अहिले भूतले सहयोग गरिरहेको छ ।

उक्त गाउँका मुुखियाका अनुसार त्यहाँका मानिसहरुमा लकडाउनलाई लिएर जागरुकता छैन । मानिसहरुले जथाभावी नियम उल्लंघन गरेर हालत नियन्त्रण बाहिर गए पछि यो गाउँमा केही मानिसहरुलाई सेतो कपडा लगाएर भूत बनाई सडकमा उभ्याउन थालिएको छ । यस्ता बनावटी भूतहरु मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिने विश्वास प्रशासनले लिएको छ ।

Dish_Home

स्थानीय मानिसहरु यी भूतलाई पोकोङ भन्छन् । इन्डोनेशियामा मृत आत्माहरु सेतो कपडा लगाएर सडकमा डुल्ने जनश्रुति छ । तर सरकारको यो अनौठो अभियान निकै लोकप्रीय बन्नुका साथै अप्रभावकारी पनि बन्न थालेको छ । मानिसहरुले पोकोङको वास्तविकता थाहा पाउन थालेपछि पोकोङ नै हेर्न अझ धेरै संख्यामा घर बाहिर निस्कन थालेका छन् ।

युक्रेनमा पनि लकडाउन कडाईका साथ लागू गर्न केही यस्तै उपाय अपनाइएको छ । तर यहाँ मानिसहरुको मनभित्र डर पैदा गराउने प्रयास गरिएको छ । यहाँको सरकारले निपरो शहरमा मानिसहरुभित्र डर पैदा गराउन ६०० ओटा चिहान खनेको छ । यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेहरुलाई दफन गर्ने बताइएको छ । तर अहिलेसम्म उक्त शहरमा १३ जना मात्र संक्रमित पाइएका छन् जसमध्ये एकजनाको पनि मृत्यु भएको छैन ।

विश्वभरी अहिलेसम्म कोरोना भाइरसका कारण एक लाख २० हजार जनाको मृत्यु भइसकेको छ । १९ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय