भारतको ‘वुहान’ बन्दै अहमदाबाद, २४ मिनेटमा एकजनालाई संक्रमण
नयाँ दिल्ली, ५ वैशाख । गुजरातमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । यहाँ विहीबार १६३ नयाँ पोजिटिभ केस देखिएको छ । यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या ९२९ पुगेको छ ।
त्यस्तै अहमदाबादमा ९५ नयाँ केस देखिएको छ । गुजरातमा कोरोना पोजिटिभ केस ५९ प्रतिशत केस अहमदाबादमै छ । रेड हटस्पट जोनमा परेको अहमदाबादमा बितेको ५ दिनमा हरेक २४ मिनेटमा एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
गुजरातमा अहिलेसम्म ३६ जनाको कोरोनाको कारण मृत्यू भएको छ । राज्यको प्रमुख स्वास्थ्य सचिव जयन्ती रविका अनुसार चिकित्सकसहित २६ सरकारी कर्मचारीमा पनि कोरोना पोजेटिभ भेटिएको छ ।
अहमदाबादमा पछिल्लो ५ दिनमा ३०२ नयाँ केस देखिएको छ । यहाँ पहिलादेखि नै २४३ बिरामी थिए । नयाँ बिरामीको तथ्यांक विश्लेषण गर्दा ६०.४ केस प्रतिदिन वा हरेक २४ मिनेटमा एकजना पोजेटिभ केस बढिरहेको छ ।