scheduleशुक्रवार आश्विन ९ गते, २०७७

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुग्यो

काठमाण्डौ, ५ वैशाख । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या ४९ पुगेको हो ।

यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।

कोरोनाका कारण बहराइनमा कार्यरत नेपालीलाई समस्या परेमा दूतावासमा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

राजदूत सुन्दासका अनुसार, पछिल्लो समय खान बस्न समस्या भयो भन्ने गुनासा बढेका छन् । कोरोनाको जोखिम बढेसँगै गैरकानुनी रुपमा काम गर्ने श्रमिकहरु बढी मारमा परेको पनि उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय