scheduleशनिवार जेष्ठ १७ गते, २०७७

चिनियाँ वैज्ञानिकको दावी- ग्रहिका पृथ्वीसम्म आइपुग्दैन


नानजिङ, ६ वैशाख । एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार बताएका छन् ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उनले बताएका हुन् । अनुमानित २ं५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उनको दावी छ ।

केन्द्रका खगोलविद् हाईपिनले भने, ‘यस ग्रहिकालाई पत्ता लगाएपछि विश्वभरका अन्तरिक्ष अध्ययन निकायले यसबारे सुक्ष्म अध्ययन गर्दै आएका छन् र यससम्बन्धी कक्षीय तथ्याङ्कहरूको सही आँकडा निकालेका छन् ।’

Dish_Home

उनले भने, ‘यो ग्रहिका आगामी अप्रिल २९ मा प्रतिसेकेण्ड ८.६९ किलोमिटरको गतिमा पृथ्वीतर्फ आउनेछ तर यो पृथ्वीको सतहबाट करिब ६२ लाख ८० हजार किलोमिटर टाढासम्म मात्र आइपुग्नेछ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्मको दूरीको १६.४ गुणा टाढा हो । त्यसैले ग्रहिकाले पृथ्वीलाई ठक्कर दिने वा पृथ्वीमा खस्ने आधार शुन्य रहने देखिन्छ ।’

पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआकोे अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन् । ग्रहिका पृथ्वीको नजिकतर्फ आउन थालेपछि यही अप्रिल ४ तारिखदेखि यसका गतिविधिलाई टेलिस्कोपको माध्यमबाट उनीहरूले हेरिरहेका छन् र यसबारे तथ्याङ्क सङ्कलन गरी खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय अध्ययन केन्द्र, ‘माइनर प्लानेट सेन्टर’ मा थप अध्ययनका लागि पठाइरहेका छन् ।

झाओको अन्तरिक्ष अवलोकन तथा अनुसन्धान केन्द्रले यसको गतिविधिबाट यस यस्ता ग्रहिकाबारे उपलब्धिमुलक तथ्यहरू फेला पारेको दावी गरिएको छ ।

विश्वका कतिपय अनलाईन सञ्चारमाध्यमहरूले ५२७६८ नामक यस ग्रहिकाले पृथ्वीमा ठक्कर दिने समाचारहरू सार्वजनिक गरेका छन् ।

उनले सञ्चारकर्मीसँग भने, ‘हामी साना पिण्डहरूको गतिविधिबारे वेखबर छैनौँ, चिन्ता लिनु पर्दैन, खगोलशास्त्र र यसको अध्ययनबारे चासो देखाएकोमा धन्यवाद,’ उनले भने, ‘वैज्ञानिकहरूले ग्रहिकाको प्रभावलाई कम गर्ने वा प्रतिरक्षाका लागि उपायहरू विकास गर्नसक्छन् ।’ सिन्ह्वा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय