scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अमेरिकामा कोरोनाबाट निको भएका नेपाली पत्रकारको संघर्षको कथा

मानछिरिङ तामाङ

न्यूयोर्क, ६ वैशाख । विगत ४ वर्षदेखि अमेरिका बस्दै आएका पत्रकार मानछिरिङ तामाङ कोरोना संक्रमणबाट निको भएका छन् । धादिङ घर भएका पत्रकार तामाङले कोरोनासँगको २८ दिन लामो संघर्षपछि आफ्नो अनुभूति सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

नयाँ जीवन पाएँ 
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनीज्वाईं एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवाज्यूलाई सबै जानकारी गराएँ । उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनु भयो । उहाँसँगै म न्यूयोर्क आएँ । न्यूयोर्क आएपछि झन मलाई ज्वरोपनि आउन थाल्यो । खानाको स्वाद पनि थिएन । आफुलाई निकै कमजोर महसुस गरेको थिएँ ।

बहिनी ज्वाइंपनि निकै चिन्तित हुनुहुन्थ्यो । २६ तारिखका दिन ज्वाईंले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेष्ट गराउनु भयो। तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाईंले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो। त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनको लागि सरें । मलाई त्यहाँ बहिनी दावा शेर्पाले बिहानदेखि साँझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।

Dish_Home

एवम् रीतले मेरो रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो । हल्का खोकी थियो , त्यो तातोपानी पिउँदै गरेर आफसेआफ ठीक भयो । कोभिड टेष्टको १५ औं दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाईंले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो ।

आज बिरामी भएको २८ दिन पुरा भएको छ । मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठीक भएको महशुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु । यतिखेर मलाई कोरोना भारसदेखि बॉचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मेरो बहिनी ज्वाई लुइसाङ वाइवाज्यू र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु ।

…. ….

साथै कोभिड – १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन पनि विनम्रतापूर्क अनुरोध गर्दछु ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय