scheduleशनिवार जेष्ठ १७ गते, २०७७

मलाई ‘वाद’ले तर्साउँछ

कविता
श्रीभक्त पौडेल ‘आफन्त’

हिजोआज जिन्दावादले तर्साउँछ
विद्रोहीका मुर्दावादले तर्साउँछ
निरीह मान्छेको रगतमा नुहाउने
आतंकै आतंकका वादले तर्साउँछ
बुझ्दिन गहिरा दस्तावेजहरु तिनै
तेजिला ‘घातक’ वादले तर्साउँछ
सीमा नाघेर छट्टाएका शहरी
साँढेहरुको उग्रवादले तर्साउँछ
प्रतिगामीको टिका लगाएकाको
पूरानै सामन्तवादले तर्साउँछ
जनताको नाममा लुटेरा हुर्किए
आज उसैको जनवादले तर्साउँछ
हिजोआज जिन्दावादले तर्साउँछ
विद्रोहीका मुर्दावादले तर्साउँछ

नटुङ्गिने क्रान्तिको शिल्शिला
सिन्डिकेट कुर्सीवादले तर्साउँछ
अर्थ, राजनीति र रोटीको त्यही
नजानिंदो मार्क्सवादले तर्साउँछ
गरीब, उत्पीडित र उपेक्षित
भनेपनि माओवादले तर्साउँछ ।

न शंख फुके न घण्टा बजाए
कथित अतिबादले तर्साउँछ

Dish_Home

हिजोआज जिन्दावादले तर्साउँछ
विद्रोहीका मुर्दावादले तर्साउँछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय