scheduleसोमवार जेष्ठ १२ गते, २०७७

दूतावासको दावी- मलेसियामा रहेका नेपालीमा कुनै समस्या छैन


काठमाडौं, ६ वैशाख । वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपालीले समस्या भोगिरहेको बताए पनि मलेसियामा भने त्यस्तो कुनै समस्या नरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

चार लाख नेपाली कामदार रहेको मुलुक मलेसियामा नेपाली कामदारको अवस्था सामान्य रहेको, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए । अत्यावश्यक सेवामा बाहेक अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदार कम्पनीकै क्वारेन्टाइनमा सुरक्षित रहेको उनको भनाई छ ।

मलेसियामा रहेका नेपाली मध्य एकजनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको र उनी निको भएर अस्पतालबाट फर्किसकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय