scheduleशनिवार जेष्ठ १७ गते, २०७७

मेडिकल उपकरण बनाउन नासाको ‘टास्क फोर्स’ गठन

एजेन्सी, ७ वैशाख । नासाले कोरोना भाइरस विरुद्धको मेडिकल उपकरण बनाउन टास्क फोर्स गठन गरेको छ।

एन्टीलोप भ्याली अस्पताल, द सिटी अफ लानकास्टर, भर्जिन ग्यालेक्टिक, द स्पेसशीप कम्पनी र एन्टीलोप भ्याली कलेजसँग सहकार्य गर्दै नासाको आर्मस्ट्रङ फ्लाइट रिसर्च सेन्टरले कोरोनाविरुद्धको नयाँ उपकरण बनाउन लागि परेको हो।

नासासँग धेरै वैज्ञानिक इन्जिनियर र अनुसन्धानकर्ताहरु रहेको भन्दै नासाका प्रशासन प्रमुख जिम ब्राइडेनस्टाइनले यस्तो महामारीको अवस्थामा छिमेकी, समाजको र राष्ट्रको नागरिकै हैसियतले केही योगदान गर्न चाहेको बताएका छन् ।

Dish_Home

सुरुमा उनीहरुले बनाएको अक्सिजन बक्सको प्रोटोटाइप अहिले काम गरिरहेको अवस्थामा भएकाले थप ५ सय वटा उत्पादन गर्ने बताईएको छ।

यसका साथै नासाले फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सकहरुलाई लागि सुरक्षित उपकरण बनाउने पनि बताएको छ ।

नासाको इन्जिनियरहरुले बनाएको उपकरणलाई माइक बुटिङगिग नााम दिएका छन्। यो कोरोनाका विरामीका लागि अक्सिजन तान्‍ने बक्स हो। जसले कोरोनाका विरामीहरुलाई श्‍वास फेर्न गाह्रो हुँदा भेन्टिलेटरको काम गर्छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय