scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउनमा अनलाइन कक्षाबाट बालबालिकालाई के फाइदा, के घाटा ?


एजेन्सी । कोभिड-१९ का कारण विश्वका अधिकांश मुलुकहरुले लकडाउनको उपाय अपनाइरहेका छन् । लकडाउनका कारण सबै क्षेत्रहरु नै प्रभावित भएका छन् । शिक्षा क्षेत्र पनि लकडाउनका कारण प्रभावित छ । पठनपाठक कार्य ठप्प छ ।

तर विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन आधुनिक प्रविधिहरुको प्रयोग गरी अहिले कतिपय विद्यालयहरुले अनलाइनबाट अध्यापन गराइरहेका छन् ।

लकडाउनको स्थितिमा पनि आफ्ना सन्तानहरुको पढाइ निरन्तर भइरहँदा बुवा-आमा खुशी छन् । तर अर्कोतर्फ छोराछोरीहरुले दिनमा चारदेखि पाँच घण्टासम्म मोबाइल चलाएर बसिरहँदा अभिभावकमा चिन्ता बढ्न थालेको छ ।

Dish_Home

अनलाइन स्टडी, त्यसपश्चात मनोरञ्जनका लागि पनि डिजिटल डिभाइस प्रयोग गर्दा बालबालिकाहरुको स्क्रिन टाइम बढ्ने समस्या उत्पन्न हुन थालेको छ ।

आजभोलि बुवा-आमामा बढेको प्रमुख चिन्ता यही हो । बच्चाको स्वास्थ्य र शिक्षा दुबै महत्वपूर्ण छ । त्यसमाथि नयाँ प्रविधिबाट पढ्दा बालबालिकाहरुले कत्तिको बुझ्छन् र कतिको प्रभावकारी भइरहेको छ भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।

यस्ता कक्षाहरु सामान्यतः चारदेखि पाँच घण्टासम्म चल्ने गरेको छ ।

मोबाइल र ल्यापटपमा भिडियो कलमार्फत बालबालिकाहरु यस्ता क्लास एटेण्ड गरिरहेका छन् ।

यसरी लामो समयसम्म बालबालिकाहरुले डिजिटल स्क्रिनमा बिताउनुपर्ने समय अर्थात् स्क्रिन टाइम बढेर जाँदा बालबालिकाहरुमा शारीरिक तथा मानसिक असर पर्ने चिकित्सकहरु बताउँछन् ।

अमेरिकन एकाडेमी अफ पीडियाट्रिक्सले बच्चाहरुको स्क्रिन टाइमको विषयमा केही निर्देशन जारी गरेको छ । यसअन्तर्गत १८ महिनाभन्दा कम उमेरका बालबालिकाहरुलाई डिजिटल स्क्रिनबाट टाढा राख्नुपर्छ । १८ देखि २४ महिनाबीचका बालबालिकाहरुलाई बुवा-आमाले उच्च गुणस्तरीय स्क्रिनको प्रोग्राम मात्र देखाउनुपर्छ । दुई देखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई एक घण्टाभन्दा धेरै स्क्रिन टाइम बिताउन दिनु हुँदैन ।

६ वर्ष वा त्यो भन्दा माथिको बालबालिकालाई पनि सीमित समयसम्म मात्र स्क्रिन टाइम बिताउन दिनुपर्छ साथै उनीहरुले टिभीमा के कस्तो कार्यक्रम हेर्दैछन् त्यसमा बुवा-आमाले निगरानी गर्नुपर्छ । ग्याजेट्समा बिताउने समय बालबालिकाहरुले शारीरिक क्रियाकलापमा लगाउँदा अझ राम्रो हुन्छ ।

केही अध्ययनले ६ देखि ७ घण्टासम्म स्क्रिनमा समय बिताउने बालबालिका तथा किशोर किशोरीहरुमा मनोवैज्ञानिक असर पर्छ । यसले उनीहरुको आत्मसंयमतामा कमी, जिज्ञासामा कमी, भावनात्मक स्थिरता नहुनु, ध्यान केन्द्रितमा समस्या, सामाजिक बन्न गाह्रो हुने जस्ता समस्याहरु देखिने अध्ययनहरुमा पाइएको छ ।

औसत मानिसहरुले जुनसुकै कुरामा ध्यान दिनसक्ने नर्मल समयावधि भनेको २० देखि ३० मिनेटको समय हो । अनलाइन स्टडीको ६ देखि ७ घण्टाको समयमा बालबालिकाहरुले कति बुझेका छन् त्यो कुरा पनि महत्वपूर्ण हुन्छ ।

यसकारण क्लास टाइम छोटो बनाउनुपर्ने र धेरै बोझिलो बनाउन नहुने चिकित्सकहरु सल्लाह दिन्छन् ।

अनलाइन क्लासको बीचमा अभिभावकहरुले बच्चाहरुलाई शारीरिक गतिवधिमा सरिक हुन पनि प्रोत्साहित गर्नुपर्छ ।

यसबीच बालबालिकाहरुमा आएको परिवर्तनलाई अभिभावकहरुले ध्यान दिनुपर्छ । उनीहरुमा उदासी, चिन्ता, निन्द्राको कमी, चिडचिडापन जस्ता समस्या देखिएको छ भने कारण खोतल्नुहोस् ।

स्वास्थ्यको कुरा गर्दा अनलाइन क्लासको समयमा आँखा धेरै नै प्रभावित हुने हुँदा यो कुरालाई पनि धेरै ध्यान दिनुपर्छ । स्क्रिन हेरिरहँदा आँखा मिच्ने बानी बस्न सक्छ । आँखा पोल्ने, पानी आउने, सुनिने र आँखा रातो हुने समस्या पनि आउन सक्छ । चिकित्सकको सल्लाह लिएर यस्ता समस्याको समाधान गर्नुपर्छ ।

बच्चाहरुलाई हरेक १५ मिनेटमा एक मिनेटका लागि आँखा बन्द गर्न लगाउनुहोस् । यसले आँखालाई आराम दिन्छ ।

स्क्रिन जति ठूलो भयो आँखालाई त्यति नै आनन्द हुन्छ त्यसैले मोबाइलको सट्टा ल्यापटप वा डेस्कटपको प्रयोगमा जोड दिनुपर्छ ।

बच्चाको बसाइको तरिका पनि ठीक हुनुपर्छ । आँखाको लेभल स्क्रिनको बाराबरी हुनुपर्छ । पिठ्युँ र टाउको सिधा हुनुपर्छ ।

स्क्रिनबाट बच्चालाई दुई फिट टाढा राख्नुपर्छ ।

पढाइ सकिएपछि टिभी वा मोबाइलको प्रयोगमा कटौती गरिदिनुहोस् ।

मेन्टल हेल्थ एण्ड विहेभरल साइन्सका एक विज्ञ डा. समिर मलहोत्राको अनुसार अनलाइन कक्षाले बालबालिकालाई दिएको एउटा रुटिन मानसिक स्वास्थका लागि एकदमै सहयोगी हुन्छ । अनलाइन कक्षाले बालबालिकाको निस्क्रिय दिनचर्या र पढाइको तनावलाई शान्त बनाएको छ ।

यसले युग र समाजलाई एउटा नयाँ सकारात्मक दिशातिर डाहोर्‍याएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय