scheduleआइतवार जेष्ठ १८ गते, २०७७

जहाँ लकडाउनको नियम तोड्नेलाई दिइँदैछ यति कठोर सजाय


एजेन्सी, ८ वैशाख । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोना भाइरससँग लड्न एकमदमै कठोर उपायको सहारा लिएका छन् । २४ मार्चमा सेन इसिद्रोको प्रहरीले कर्फ्यूको उल्लंघन गर्नेलाई तातो घाममा उभ्याइ दिएका छन् । साथै स्थानीय सरकारले आधिकारिक फेसबुक पेजमा कर्फ्यूको उल्लंघन गर्ने हरेक व्यक्तिलाई घाममा उभ्याउने चेतावनी जारी गरेको छ ।

केही दिन अघि सान्ताक्रूज, लगूना राज्यका अधिकारीहरुले कफ्र्यू तोड्नेहरुलाई कुकुरको खोरमा लगेर बन्द गरिदिएका थिए । फिलिपिन्सभरी कर्फ्यू उल्लंघन गर्ने व्यक्तिहरुलाई प्रहरीले पिटेको र गोली चलाएको खबरहरु आएका छन् । रेडियोमार्फत् सन्देश जारी गर्दै त्यहाँको प्रहरी अधिकारी गतल समयमा घरबाट बाहिर निस्कनेहरुलाई गोली हानिने चेतावनी दिएको छ ।

१ अप्रिलमा राष्ट्रपति डुटर्टेले राष्ट्रको नाममा सम्बोधन गर्दै मानिसहरुको जीवनलाई जोखिममा पुर्‍याउने गतिविधिहरु देखा परेमा गोली हान्न आफूले सैनिक तथा प्रहरीलाई आदेश दिएको बताएका थिए ।

Dish_Home

उनले सरकारको धैर्यताको परीक्षा नलिन भन्दै त्यस्ता मानिसहरुलाई उनीहरुको समाधिसम्म पुर्‍याउने चेतावनी दिएका थिए । राष्ट्रपतिको उक्त घोषणाको दुई दिनपछि मिन्दानाओमा एकजना ६३ वर्षीय किसानलाई मास्क लगाउन नमानेको भन्दै गोली प्रहार गरी मारिएको थियो ।

यो घटनाले फिलिपिन्समा ठूलो तहल्का मच्चाएको थियो । जनताहरुले राष्ट्रपति डुटर्टेको राजीनामा समेत मागेका थिए । उनका परम्परागत समर्थकहरुले पनि यो घटनापछि उनको आलोचना गरेका थिए ।

राष्ट्रपति डुटर्टेमाथि मानव अधिकारको उल्लंघनलाई लिएर एकदमै नराम्रो रेकर्ड छ । विषाक्त औषधी बिक्री गर्नेहरुमाथि पछिल्लो तीन वर्षमा चलाइएको अभियानमा २० हजार मानिसहरु मारिएको मानव अधिकार संगठनहरुको उनीमाथि आरोप छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय