scheduleसोमवार आश्विन १२ गते, २०७७

सोसल मिडियामा आफ्नो सम्बन्ध सार्वजनिक गर्दै हुनुहुन्छ ? यी विषयमा ध्यान दिनुहोस्


एजेन्सी, ९ वैशाख । हरेक सम्बन्ध फरक हुन्छ सबै जोडीका यात्राहरु आफ्नै किसिमका हुन्छन् । कतिपय गन्तव्यसम्म पुग्छन् भने कतिपाय पुग्न सक्दैनन् ।

तर सामाजिक सञ्जालको युगमा सम्बन्धलाई लिने सोच्ने तरिकाहरु पनि परिवर्तन भईसकेका छन् । आजभोलि सबैजसोले आफ्नो सम्बन्धलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छन् । तर यसरी सम्बन्ध सार्वजनिक गर्न अघि दुबै पक्षको सहमति आवश्यक पर्छ । सम्बन्ध सार्वजनिक गर्नु कुनै सामान्य कुरा होइन । यसो गर्न अघि मानिसहरुले धेरै कुरा ख्याल गर्नुपर्छ ।

यसका लागि विशेष चार कुरामा ख्याल गर्नुपर्छ ।

१. दुबै पार्टनरको सहमति
सम्बन्ध दुबैको सहमतिमा कायम हुने कुरा हो । यसकारण सामाजिक सञ्जालको अकाउन्ट मेरो आफ्नो हो भनेर बिना अनुमति वा पार्टनरको सहमति रिलेसनसिप अपडेट गर्ने गल्ती कहिल्यै नगर्नुहोस् ।

२. के तपाई साँच्चै नै तयार हुनुहुन्छ त ?
सम्बन्धमा एकजना मात्र पनि अनिश्चित छ भने यो लामो समय जानसक्दैन । सामाजिक सञ्जाल एउटा व्यापक ठूलो प्लेटफर्म हो । यहाँ अपडेट गर्ने तपाईको हरेक गतिवधि तपाई वरीपरीको तपाईको समाजले नियाली रहेको हुन्छ जसले तपाईको चरित्र र तपाईप्रतिको अरुको धारणा निर्माण गर्नमा मद्दत गरिरहेको हुन्छ । यसकारण आफू सम्बन्धमा तयार भएको सुनिश्चित भएपछि मात्र पार्टनरको सहमतिमा सम्बन्धलाई अपडेट गर्नुहोस् ।

३. पार्टनरमाथि दबाब नदिनुहोस्
आफ्नो निर्णयको अरुमाथि दबाब पार्नु हुँदैन । सम्बन्धमा त यो कहिल्यै गर्नुहुँदैन । यसैगरी सम्बन्धबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेर सम्बन्धमा सुनिश्चितता खोज्ने गल्ती कहिल्यै नगर्नुहोस् ।

४. साथीभाइ र परिवार
तपाईको सम्बन्धबाट परिवार र नजिकका मानिसहरु खुशी छन् वा छैनन् यसबारे राम्ररी थाहा पाइराख्नुहोस् । यदि उनीहरु तपाईको सम्बन्धबाट खुशी छैनन् भने उनीहरुले तपाईमाथि प्रश्न उठाउने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय