scheduleशुक्रवार आश्विन ९ गते, २०७७

कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुग्यो

काठमाडौं, ९ वैशाख । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुगेको छ । थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या २४ पुगेको हो ।

यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय