scheduleशनिवार मंसिर २० गते, २०७७

मुग्लान

कविता
शिव खत्री

म गाँस बाँस जुटाउन मुग्लान आकाे छु
मनाेकांक्षा पूरा नभएर मुग्लान आकाे छु ।

बाँझो खेतबारी राखेर मुग्लान आकाे छु ।
शितल चाैतारी छुटाएर मुग्लान आकाे छु ।

पसिनाको कसम खाएर मुग्लान आको छु ।
गरिबीको टिका लाएर मुग्लान आको छु ।

परिवाकाे अंगालोमा बस्ने मन नभएको हैन
काखको छाेराे छुटाएर मुग्लान आको छु।

अवसरहरु आजकल पैसामा बिक्न थाले
ऋणको बाकस उठाएर मुग्लान आको छ ।

(खत्री गुर्खा सैनिक हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay