scheduleमगलवार जेष्ठ १३ गते, २०७७

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोट, १० वैशाख । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो । खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय