scheduleशुक्रवार आश्विन १ गते, २०७८

सामाजिक सञ्जालका ग्रुपहरुबाट तत्काल हट्न प्रहरी हेडक्वार्टरको निर्देशन

काठमाडौँ, १० वैशाख । सामाजिक सञ्जालका ग्रुपहरुमा नजोडिन र जोडिएको भए तत्काल हट्न प्रहरी अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रचलित नियम कानुनविपरित प्रहरी अधिकारीहरु सामाजिक सञ्जालका म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत ग्रुपहरुमा जोडिएको भन्दै हेडक्वाटरले त्यस्तो निर्देशन दिएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले निकालेको विज्ञप्तिमा प्रहरी कर्मचारीबाट संगठनप्रति नै नकारात्मक सन्देश एवंम टिका टिप्पणी प्रवाह हुने गरेको पाइएकाले त्यस्ता ग्रुपबाट हट्न निर्देशन दिएका हुन् ।

फेसबुक, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रहरी संगठनविरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने गरि बनाइएका ग्रुपहरुमा जोडिएको पाइएमा कारबाही गर्ने गर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय