scheduleशनिवार मंसिर २० गते, २०७७

लकडाउनमा सामाजिक दूरी कायम गर्दै जोडीले गरे अनौठो विवाह


एजेन्सी, ११ वैशाख । लकडाउनको समयमा धेरै विवाहहरु रोकिएका छन् । तर यसबीच भारतको उत्तर प्रदेश राज्यमा एउटा अनौठो वैवाहिक मामिला सार्वजनिक भएको छ । लकडाउनको नियमलाई उल्लंघन नगर्न त्यहाँ एकजोडीले अनलाइन विवाह गरेका छन् ।

विवाह फ्रोम होमको नयाँ संस्कार बसाउन उदेश्यले यी जोडीले अनलाइनमार्फत नै सबै नियमहरु पुरा गरेर विवाह सम्पन्न गरेका छन् । यस अलावा दुवैले विवाहमा बाजागाजाको पनि अनलाइनबाट नै व्यवस्था गरेका थिए । यो विवाह पनि अन्य विवाह जस्तै सामाजिक दूरी कायम गरेर सम्पन्न भएको हो ।

विवाह बेहुली कीर्ति नारंग बरेलीमा थिइन् भने बेहुला सुषेन मुम्बइमा थिए । यी दुईबीच २१ फ्रवरीमा कोर्ट म्यारिज सम्पन्न भइसकेको थियो । तर सामाजिक कर्मकाण्ड भने अप्रिल १९ तारिखको लागि तय गरिएको थियो ।

उनीहरुले एउटा मेट्रिमोनियल वेबसाइटसँग सम्पर्क राखेर यस्तो विवाह सम्पन्न गरेका हुन् । उनीहरुले अनलाइन एपमार्फत उक्त विवाह सम्पन्न गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay