scheduleशनिवार आश्विन १० गते, २०७७

इमेल एपबाट ह्याक हुने जोखिममा आइफोन प्रयोगकर्ताहरु, यसरी बचाउनुहोस् आफ्नो डिभाइस

एजेन्सी, १२ वैशाख । तपाई आईफोन प्रयोग गर्नुहुन्छ ? सावधान रहनुहोस् । एप्पलको आईफोनको ओपरेटिङ सिस्टम आइओएसमा रहेको एउटा कमजोरीले करोडौं एप्पल आईफोन प्रयोगकर्ताहरुलाई ह्याकरहरुको जोखिममा उभ्याएको छ ।

मोबाइल सुरक्षा कम्पनी जेकअप्समा प्रकाशित एउटा अनुसन्धान अनुसार एप्पलको मेल एपमा रहेको एउटा बगले प्रयोगकर्ताको आइफोन डिभाइसलाई ह्याकिङ हुने जोखिमपूर्ण स्थितिमा पुर्‍याउँछ ।

जेकअप्सको अनुसार हालसम्म उक्त बगलाई प्रयोग गरेर ६ जना हाई प्रोफाइल व्यक्तिहरुलाई यसको निशाना बनाइसकिएको छ ।

तर एप्पल कम्पनीका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै उक्त कमजोरीलाई समाधान गर्न चाढै नै सफ्टवेयर अपडेट ल्याउने बताएका छन् ।

जेकअप्सले गत अप्रिलमा नै एप्पलमा त्यस किसिमको बग भएको रिपोर्ट पेश गरेको थियो । तर एप्पल कम्पनीले आफूलाई यसबारे थाहा नभएको भन्दै आफ्नो बचाउ गर्दै आएको थियो ।

यस्तो किसिमको ह्याकिङका लागि सबैभन्दा पहिले ह्याकरहरुले आइफोन तथा आइप्याड प्रयोगकर्ताहरुको मेल अकाउन्टमा वा आइओएसका जुनसुकै डिभाइसहरुमा भएको इमेल एपमा ब्ल्यांक म्यासेज पठाउने गर्छ । जब उक्त इमले ओपन गरिन्छ । युजरलाई रिबूट गर्न दबाब दिएर यसले एप क्यास गर्छ । रिबूटको समयमा ह्याकरहरुले उक्त डिभाइसभित्र रहेका सम्पूर्ण जानकारीहरुमा पहुँच पुर्‍याउन सक्छ ।

यो ह्याक गर्ने विधि अन्य विधिभन्दा फरक र खतरा छ । किनभने अन्य ह्याकिङमा जसरी प्रयोगर्कताले कुनै पनि एक्सटर्नल सफ्टवेयर डाउनलोड गर्न पर्दैन र कुनै मेलिसियस सफ्टवेयर भएको वेबसाइटमा भिजिट गर्न पनि पर्दैन । यो तपाईको डिभाइसमा आफै आउँछ जुन तपाईलाई थाहा पनि हुँदैन ।

जेकअप्सको अनुसार आइओएसका लेटेस्ट भर्सनहरुमा पनि यो बग पाइएको छ ।

यसकारण एप्पलले यो सफ्टवेयर अपडेट नगरेसम्म प्रयोगकर्ताहरुले मेल सर्भरबाट अटोमेटिकल्ली इमेल प्राप्त गर्ने सिस्टमलाई टर्न अफ गर्नुपर्छ ।

यसअलावा प्रयोगर्कताहरुले क्लाउडको आफ्नो इमेलमा लग इन गरेर अनौठो र सम्भावित मेलिसियस म्यासेजहरु पत्ता लगाएर डिलिट गर्नुपर्छ ताकि त्यस्ता म्यासेजहरु उनीहरुको आइफोनमा डाउनलोड हुन नसकोस् ।

तर प्याच उपलब्ध हुनुबित्तिकै तपाई आफ्नो आइफोनलाई अपडेट गरिहाल्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय