scheduleशनिवार मंसिर २० गते, २०७७

समय अगावै जन्मिएको तीन हप्ताको बच्चाले यसरी जित्यो कोरोनालाई


एजेन्सी, १३ वैशाख । स्कटल्याण्डकी ट्रेसी मैग्वायर त्यो दिन सम्झन्छिन् जुन दिन चिकित्सकले उनको तीन हप्ताको बच्चाको नाकबाट कोरोना भाइरसको परीक्षणका लागि स्वैब निकाल्दै गरेको देखेकी थिइन् ।

त्यो सबै कुरा देख्नु उनको लागि धेरै नै तनाव पूर्ण थियो ।

समय नपुगि जन्मिएको कारण उनको बच्चाको तौल मात्र डेढ किलो थियो । कोरोना पोजिटिभ भएको परिणाम आउँदा उनको नवजात शिशु मात्र तीन महिनाको थियो ।

२६ मार्चमा जन्मिएको बच्चा समयभन्दा आठ हप्ता पहिले जन्मिएको थियो ।

बच्चा स्वस्थ नै थियो यद्यपि ट्रेसीलाई प्री एक्लेमप्सिया हुन सक्ने आशंका गर्दै उनलाई लंकाशायरस्थित विशाव अस्पताल पठाइयो ।

तर केही समय पछि नुहाउँदै गर्दा उनको बच्चामा सामान्य लक्षण देखियो जुन पहिचान गर्न मुस्किल थियो ।

त्यसपश्चात उनको बच्चाको स्वैब परीक्षण भयो र रिजल्ट पोजिटिभ देखियो । त्यो बेलासम्म उनको बच्चा देशकै सबैभन्दा सानो उमेरको कोरोना संक्रमित बनेको थियो ।

त्यस नवजात शिशु निकै स्वस्थकर देखिन्थ्यो विश्वास गर्न नै मुस्किल थियो कि उ कसरी कोरोना संक्रमण भएको हुनसक्छ भनेर ।

यति कम उमेरमा त्यसमाथि समय अगावै जन्मिएको बच्चाले कसरी यो रोगसँग लड्छ भन्ने प्रश्न सबैको मनमा थियो ।

बच्चीको फोक्सोलाई मजबूत बनाउन उनलाई स्टेरायड दिइएको थियो । नर्सहरुले पनि उसको स्वास्थको निकै राम्रो ख्याल राखे ।

अप्रेसनपछि ट्रेसीलाई घर जान र आफ्नी नवजात छोरीसँग १४ दिनसम्मका लागि छुट्टिएर बस्न भनिएको थियो । मन नमाने पछि ट्रेसी आफ्नी नवजात छोरीसँग छुटिएर नै बसिन् ।

त्यसबेलासम्म स्कटल्याण्डमा मर्नेहरुको संख्या बढ्दै गइरहेको थियो । तर ट्रेसीकी नवजात छोरी पेटाँन भने ठिक भइन् ।

अहिले ट्रेसी आफ्नी छोरीसँग घर फर्किएकी छिन् । उनी चिकित्स तथा नर्सहरुको काम र सेवाको तारिफ गरेर थाक्दिनन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay