scheduleमगलवार कार्तिक ११ गते, २०७७

कोरोना महामारीको प्रभाव रातो मच्छिन्द्रनाथको जात्रामा पनि

फाइल फोटो

काठमाडौं, १३ बैशाख । कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ ।

हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागि मात्र मनाइएको छ । जात्राअन्तर्गत वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने ठाउँसम्म बनाएर परम्परालाई निरन्तरता दिइएको हो ।

विगतमा धेरै पटक अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको जानकारहरु बताउँछन् । रातो मच्छिन्द्रनाथलाई सहकालका देवताको रुपमा लिइन्छ ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रामा रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्‍याएर साइत अनुसार भोटो देखाई मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay