scheduleशुक्रवार आश्विन ९ गते, २०७७

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २४ पुग्यो

लण्डन, १३ वैशाख । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २४ पुगेको छ । शनिबारसम्म २४ जना नेपालीको कोरोनाकै कारण निधन भएको लण्डनस्थित नेपाली दूतावासले पुष्टी गरेको हो ।

बेलायतमा सयौं नेपाली कोरोनाबाट संक्रमित भएको आँकलन गरिए पनि यकिन तथ्यांक भने उपलआध नभएको बताईएको छ । एनआरएनए यूकेले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेबाहेक अरु ३८ जनामा कोरोना पुष्टि भई विभिन्न अस्पतालमा उपचार भैैरहेको छ ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । बेलायतमा मृत्यु हुने नेपालीमध्ये एक ३२ वर्षीया र अर्की ३९ वर्षीया गरी दुई महिला छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय