scheduleआइतवारबैशाख ५ गते, २०७८

वीरगञ्जमा उपचाररत चारजना कोरोनामुक्त, निको हुनेको सख्या १६

काठमाडाैं, १४ वैशाख । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित निको भएर आज घर जाँदैछन् । छपकैयाँस्थित मस्जिदमा भेटिएका तीन भारतीय नागरिक र रौतहटका एकजना युवक उपचारपछि निको भएका हुन् ।

उनीहरुको काठमाण्डौमा गरिएको चौथो कोरोना परीक्षणको नतिजामा कोरोना नभएको पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । यसअघि तेस्रो जाँचमा पनि उनीहरूमा कोरोना नभएको पुष्टि भएको थियो ।

दुई पटकको परीक्षण रिपोर्ट अनुसार चारैजनामा कोरोना संक्रमण नभएको पाईएपछि उनीहरुलाई आज घर फर्काउने तयारी गरिएको हो । योसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्कनेको संख्या १६ पुग्नेछ । सर्लाही धनकौलका १४ वर्षका किशोरको पहिलो अनुगमन जाँचको रिपोर्टमा भने कोरोना देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay