scheduleबुधवार आश्विन ६ गते, २०७८

बलिउड अभिनेता इरफान खानकी आमाको निधन

काठमाडौँ, १५ वैशाख । बलिउड अभिनेता इरफान खानकी आमाको निधन भएको छ । जयपुरमा बस्दै आइरहेकी उनकी आमाको निधन भएको हो । तर, उनी आफ्नी आमाको अन्तिम दाहसंस्कारमा भने सामेल हुन नपाउने भएका छन् ।

क्यान्सर रोगबाट पीडित रहेका उनी थप उपचारका लागि युकेमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म अंग्रजी मिडियमपछि उनी थप उपचारका लागि युके फर्किएका थिए ।

उनका नजिकका साथी अभिनेता दिपक डोब्रियालले इरफान खानसँग पाँच महिनादेखि संवाद नरहेको बताएका छन् ।

उनी उपचारका लागि युके गएको र त्यसपछि कुराकानी नभएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय