scheduleशनिवार जेष्ठ १७ गते, २०७७

गाउँको कथा

युवराज चौलागाई
युवराज चौलागाईं

गाउँको चिया पसलमा
सदा झैं थिएँ उपस्थित
र पर्खिरहेको थिएँ एक कप चिया ।

दाई, भाइ, काका र बाजेहरु
कोही चिया पर्खिरहेका थिए
कोही चिया पिइरहेका थिए
पसलमा सदा झैं
तातो चिया थियो
र, तातै गफ थियो ।

कुर्सी हल्लाउँदै मैंले भनेँ- हाम्रो गाउँमा कोरोना छैन
बेन्चीको छेउबाट बृद्ध काकाले भने-
हो बा ! कोरोना छैन तर गाउँमा नेताहरु छन् ।

Dish_Home

तातो चिया चुपचाप मुखमा खन्याएर
म घर तिर ओरालो झरेँ ।

०० सुनापति, रामेछाप ००

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय