scheduleआइतवार जेष्ठ १८ गते, २०७७

पहिलो यात्रामा नै डुबेको थियो यो भीमकाय जहाज, ३९२ वर्षदेखि बनेको छ रहस्य


एजेन्सी, १६ वैशाख । १६२८ मा स्टकहोमको खाडीमा जब यसको यात्रा सुरु हुँदै थियो तब वासा विश्वको सबैभन्दा हाई टेक सैन्य जहाज थियो । ६८ मिटर लम्बाई र ६४ तोपवाला त्यस जहाज स्वीडेनका राजा गुस्ताव द्वितीय एडोल्फले बनाएका थिए । गुस्ताव द्वितीय आफ्नो नौसेनाको लागि धेरै भन्दा धेरै सैन्य जहाजहरु बनाउन चाहन्थे । यसकारण उनले त्यस विशाल जहाज बनाउन आदेश दिएका थिए ।

यो विश्वको सुरुवाती युद्धपोतमध्ये एक थियो जसमा तोपहरुको दुईओटा डक थिए । वासा स्वीडेनको नेभी सैनिकहरुको सबैभन्दा ठूलो युद्धपोत थियो । तर त्यस जहाजको गौरव धेरै दिनसम्म टिक्न सकेन । पहिलो यात्रामा सुरु गरेको २० मिनेट भित्रमा नै यो जहाज डुबेको थियो । जसमा ३० जना यात्रूहरुको मृत्यु भएको थियो ।

वासा जहाज डुबेको तीन सय वर्षसम्म नै समुद्रको पिँधमा नै रहिरह्यो । जब पुरातत्वविदहरुलो त्यसलाई निकाले र सुरक्षित गरी स्क्याडेनियवियाको लोकप्रिय संग्राहलयको रुपमा स्थापित गरियो ।

Dish_Home

वासा तत्काल डुब्नुको पछाडी कहानी नौसैनिक पोतको वास्तुशिल्प इतिहासको सबैभन्दा ठूलो रहस्य हो । यसलाई सबैभन्दा ठूलो असफलता मानिन्छ ।

समुद्री तुफानको कारण उक्त जहाज एकातिर झुकेको थियो । दूर्भाग्यवश तोपको नलीका लागि बनाइएका सुराखहरु खोलिएका थिए । ती सुखारहरुबाट पानी छिर्न थालेपछि जहाज डुब्न थालेको थियो ।

त्यति ठूलो जहाज पहिलोपटक यात्रामा निस्केको कारण हेर्नेको ठूलो भीड थियो । उक्त जहाज हेर्नेहरुको आखाँकै सामू सागरमा हराएको थियो । यसको असफलतालाई राष्ट्रिय विनाशको नाम दिइएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय