scheduleसोमवार श्रावण १९ गते, २०७७

कोरोनाको संक्रमणले निम्त्याएको परिस्थितिले अनिच्छित गर्भ बस्ने चिन्ता

बीबीसी, १६ वैशाख । कोरोना भाइरसको सङ्क्रमणले उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषका अनुसार यो संक्रमण अझै जारी रहे परिवार नियोजनका साधनको पहुँचबाट मानिसहरु टाढा रहने र धेरै गर्भ बस्ने सम्भावना रहेको हो ।

हाल लागु गरिएका लकडाउन अझै ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशमा ४ करोड ७० लाख महिलाले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन् ।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनसक्ने कोषको अनुमान रहेको छ । यस अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि कोषले अनुमान गरेको छ।

केही देशमा लकडाउन लागु भएपछि महिलाले घरेलु हिँसाबाट पीडित भएर फोन गरेको घटना बढेको विवरणमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय