scheduleशनिवार आश्विन १० गते, २०७७

लकडाउनको समयमा चल्दैछ भर्चुअल ट्राभलिङको ट्रेण्ड


एजेन्सी, १७ वैशाख । कोरोना भाइरसको लागू भएको लकडाउनले विश्वलाई नै एकै ठाउँमा जमाएर राखिएको छ । जमिनमा गाडी, आकाशमा हवाईजहाज र पानीमा पानी जहाज सबै यथास्थानमा छन्  । टाढाको यात्रा मात्र होइन नजिकको यात्रामा पनि प्रतिबन्ध लाग्न थालेको छ ।

लकडाउनको कारण कतै घुमफिर गर्नु अहिले आकाशको फल आँखा तरी मन भनेको जस्तै भएको छ । तर यो संकटको समयमा पनि मानिसहरुको घुमफिरको रहरलाई पूरा गर्न अहिले भर्चुअल ट्राभलिङ अर्थात् आभाषी यात्राको विकल्प खोजिएको छ ।

लकडाउनको समयमा भर्चुअल ट्राभलिङ एउटा राम्रो विकल्प बनेको छ । घरमा बसेका मनिसहरुलाई घुमफिरको मजा दिन टुरिज्म अपरेटरहरुले यो विकल्पको व्यवस्था गरेका छन् । भारत सरकारको पर्यटन मन्त्रालयले पनि देखो अपना देश नामको एउटा वेबिनार सुरु गरेको छ । यो शोलाई एक्सपर्टले होस्ट गर्छन् र देशका चर्चित ठाउँहरुको बारेमा बताउँछन् ।

भर्चुअल ट्राभलको व्यवस्था पहिलेदेखि नै थियो । तर कोरोना भाइरसको कारण लागू भएको लकडाउनले यसको ट्रेण्ड र सान्दर्भिकतालाई थप बढाएको छ ।

आबुदाबीस्थित संस्कृति तथा पर्यटन विभागले नयाँ भर्चुअल प्लेटफर्म लन्च गरेको छ । यसबाट मानिसहरुले त्यहाँको संस्कृतिको बारेमा देख्न पाउँछन् ।

भर्चुअल टूरले लकडाउनमा पनि मानिसहरुलाई यात्राको अनुभव दिलाउनमा राम्रो भूमिका खेलेको छ । यो यात्राको माध्यमबाट मानिसहरुले धेरै ठाउँको इतिहासको बारेमा जान्ने मौका पाएका छन् ।

भर्चुअल ट्राभलिङमा एआर भीआरको माध्यमबाट गरिन्छ । यसक लागि कुनै पनि ठाउँको थ्रिडी भिडियो तयार गरेर त्यसमा भीआर ग्लास लगाएर हेरिन्छ । यसरी हेर्दा व्यक्ति आफै त्यस वास्तविक ठाउँभित्र पसेको अनुभूति गर्न सक्छ ।

आजको समयमा इन्टरनेटमा यस्ता धेरै सर्भिस प्रोभाइडरहरु छन् । जसले भर्चुअल टूरको सुविधा दिइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय